नियम १२२
निर्देशिका बनाउन सकिने
(१) यस नियमावलीमा व्यवस्था भएका कुनै कुरा प्रष्ट गरी आवश्यक निर्देशिका बनाउन पर्ने देखिएमा महालेखा नियन्त्रक कार्यालयले निर्देशिका बनाई नेपाल सरकारको स्वीकृति लिई लागू गर्न सक्नेछ ।
(२) नेपाल सरकारले बहुवर्षीय आयोजना सञ्चालनका लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ ।